सुनको मूल्य एकैदिन तोलामा साढे ८ हजार रुपैयाँले बढ्यो, अब कहाँ पुगेर ब्रेक लाग्छ ?

काठमाडौं,२८ असोज । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार ५०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मको उच्च हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज भारी वृद्धि भएको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । पछिल्लो समय चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै बढ्ने क्रममा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्