काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ ।

यसअघि पाँच हजार ३ सय ३० रुपैयाँ भाडादर रहेकामा अहिले एक हजार ८ सय ६५ रुपैयाँ बढाएर सात हजार १ सय ९५ रुपैयाँ भाडादर कायम गरिएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो ।
एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ ।

निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्र आएको राईले बताउनुभयो ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक हप्ता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्