सुन र चाँदीको मूल्य ऐतिहासिक उचाईमा

काठमाडौं,२७ असोज । सोमबार सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड कामय गरेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य नै हाल सम्मको उच्च हो ।

त्यसैगरि, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । पछिल्ला दिनमा चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्