सुनको मूल्यमा भारि वृद्धि, चाँदी मूल्य पनि हाल सम्मकै ऐतिहासिक उचाईमा

काठमाडौं,२६ असोज । आईतबार सुनको मूल्यमा भारि वृद्धि भएको छ । आज सुनको मूल्यमा तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यले भने तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । आज बजारमा चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्