सुनको मूल्यमा भारि गिरावट, चाँदीको भने रेकर्ड बनायो

काठमाडौं,२४ असोज । शुक्रबार, सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्यमा प्रतितोला ४ हजार २०० रुपैयाँ गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्यले भने तोलामा ६० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यो मूल्यसंगै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्