मेलम्ची ठप्प, यसबर्ष पनि दशैमा काठमाडौंमा पानी आउन कठिन

काठमाडौं ।  दसैंअघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको छ।

बढीमा चार महिनाभित्र काठमाडौंमा मेलम्ची पु¥याउने प्रतिबद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो।

खानेपानीमन्त्री बिना मगरले ढिलोमा पनि दसैंअघि पानी वितरण गर्ने बताएकी थिइन्।

मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई शुक्रबार अन्तिम पत्र पठाएको छ। मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिनादेखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिए।

ठेकेदारले विभिन्न बहाना गरेको, साइटमा इन्जिनियरलगायतसँग समन्वय नगरेको, उच्चपदस्थसँग आन्तरिक विवाद भएको र परामर्शदातासँग पनि समन्वय नगरेकोलगायत कारणले मेलम्चीको काम अघि नबढेको उनको भनाइ छ।

सम्बन्धित ठेकेदार पक्षको सहमतिअनुसार अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन गर्ने काम बाँकी छ

प्रतिक्रिया दिनुहोस्