सुन र चाँदीको मूल्य ऐतिहासिक उचाईमा
काठमाडौं,२३ असोज । सुनको मूल्य गत आइतबारदेखि लगातार बढेर दिनदिनै रेकर्ड बनाइरहेको छ । आज बिहीबार पनि सुन प्रतितोला १ हजार १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । आज चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्