सुनको मूल्यमा भारि वृद्धि, दिनहुँ नयाँ रेकर्ड बन्दै
काठमाडौं,२२ असोज । बुधबार सुनको मूल्यमा भारि वृद्धि भएरको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो वृद्धिसंगै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो ।
त्यसैगरी, चाँदीको मूल्य भने सामान्य घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्