सुनको मूल्यमा भारी वृद्धि, निरन्तर रेकर्ड ब्रेक

काठमाडौं,२१ असोज । मंगलबार सुनको मूल्यमा भारि वृद्धि भएर अहिले सम्मकै उचाईमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य सोमबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर खरिदबिक्री हुने भएको हो । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य नै हालसम्मकै उच्च हो ।

 

प्रतिक्रिया दिनुहोस्