आज पनि सुन र चाँदीको मूल्यले बनायो रेकर्ड
काठमाडौं,२० असोज । सोमबार सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा बनाएको छ । आज सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो ।
त्यस्तै, चाँदीको मूल्यले पनि आज नयाँ उचाई बनाएको छ । आज चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।















प्रतिक्रिया दिनुहोस्