सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद आउँदै
काठमाडौं । सिर्जना फाइनान्सको विशेष साधारण सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीबाट ६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाटै संस्थाको कार्यक्षेत्र समेत विस्तार गर्ने प्रस्ताव अनुमोदन भएको छ ।
हाल फाइनान्सको चुक्ता पुँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ छ । आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ ।















प्रतिक्रिया दिनुहोस्