प्रदेश ४ को सरकारले २६ अर्बको बजेट ल्याउँदै

काठमाडौं । प्रदेश ४को सरकारले २६ अर्बको बजेट ल्याउँदै छ । प्रदेश ४ को सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ का लागि २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो।

प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले पर्यटनलाई पहिलो प्राथमिकता राखेर बजेट ल्याउन लागेको बताए । अनुदानबाट प्राप्त २० अर्ब र आन्तरिक आम्दानी तथा ऋणसमेत गरी २६ अर्ब हाराहारीको बजेट तयार भएको जानकारी मन्त्री गुरुङले दिए ।

र्यटनलाई मुख्य प्राथमिकतामा राखेको प्रदेश सरकारले भौतिक पूर्वाधार, ऊर्जा, कृषिलगायतलाई क्रमश प्राथमिकतामा राखेको छ । प्रादेशिक गौरवका आयोजनाको पहिचान गर्दै लगानी बढाउने सरकारको लक्ष्य छ ।

अर्थमन्त्री गुरुङले पर्यटन, ऊर्जा, कृषि, खेलकुलमा विकास तथा लगानी बढाउँदै पूर्वाधार निर्माण, जनशक्ति उत्पादनमा जोड दिइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्