हराएका चार नेपाली बालकको भारतबाट यसरी गरीयो उद्धार

काठमाडौ । हराएका चार नेपाली बालकको भारतबाट उद्धार गरिएको छ ।  भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ ।

एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएका कर्णबहादुर थापाका छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकका छोरा १३ वर्षीय अरुण विक, रुकुम सानेचौर घर भएका जुना परियारका छोरा १२ वर्षीय रविन परियार र बर्दिया गुलरिया–९ घर भएकी दिलमाया विकको छोरा ११ वर्षीय अजय विकलाई उद्धार गरेर ल्याइएको महिला विकास अधिकृत बस्नेतले बताउनुभयो ।

ती उद्धार गरेर ल्याइएका बच्चालाई अहिले जिल्ला सेवा केन्द्र गुलरियामा पुनःस्थापनाको लागि राखिएको उहाँले बताउनुभयो । ती बच्चालाई भारतबाट ल्याउन दुई दिन लगाएर नेपालमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

 

–––

प्रतिक्रिया दिनुहोस्