सुन र चाँदीको मूल्य सामान्य घट्यो
काठमाडौं,९ असोज । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हाल सम्मकै उच्च हो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । बिहीबारको बजारमा चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य चार दिनदेखि निरन्तर रेकर्ड बनाई वृद्घि भइरहे पनि आज घटेको हो ।















प्रतिक्रिया दिनुहोस्