सुन र चाँदी दुबै धातुको मूल्यमा वृद्धि, निरन्तरको रेकर्ड कायम
काठमाडौं,८ असोज । बुधबार, सुन र चाँदी दुबै धातुको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामै एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिला दिन सुन र चाँदी दुबै धातुको मूल्यले निरन्तर ऐतिहासिक उचाई बनाएको हो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । बुधबार चाँदी तोलाको २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाई रहेको हो ।















प्रतिक्रिया दिनुहोस्