सुन र चाँदी दुबै धातुको मूल्यमा भारी वृद्धि, निरन्तरको रेकर्ड ब्रेक गर्दै अगाडी
काठमाडौं,७ असोज । मंगलबार, सुन र चाँदी दुबै धातुको मूल्यमा भारि वृद्धि भएको छ । आज सुनको मूल्य तोलामै तीन हजार ९०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेर रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिला दिन सुन र चाँदी दुबै धातुको मूल्यले निरन्तर ऐतिहासिक उचाई बनाएको हो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । मंगलबार चाँदी तोलाको २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाई रहेको हो ।















प्रतिक्रिया दिनुहोस्