सुनको मूल्य सामान्य बढेर रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,६ असोज । सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ३ रुपैयाँले बढेर २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्