कञ्चन डेभलपमेण्ट बैंकले गर्ने भयो बोनस वितरण

काठमाडौं । कञ्चन डेभलपमेण्ट बैंकले गत बर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर वितरण र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।असार मसान्तको वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैंया छ । ३० प्रतिशत हकप्रद बैंकको चुक्ता पूँजी ४५ करोड रुपैंया नाघ्नेछ । बोनसपछि बैंकको पूँजी ५२ करोड नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्