सेयर बजारले दियो बाउन्स ब्याक, दियो सुधारको संकेत

काठमाडौं,५ असोज । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक ११९.७० अंकले बढेर २६२३.६२ विन्दुमा पुगेको छ । आज नेप्से इन्डेक्स ४.४४ प्रतिशतले बढेर बन्द भएको हो ।

आज नेप्सेमा कारोबार भएका धेरै कम्पनीहरुको भाउ बढेको छ भने ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सेयर मूल्यमा सकारात्मक सर्किट लागेका कम्पनीहरुमा सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडवील फाइनान्स, शिवम् सिमेन्ट, आँखु खोला जलविद्युत कम्पनी, जोशी हाइड्रो, बलेफी हाइड्रो, हिमाल दोलखा हाइड्रो र अपि पावर रहेका छन् ।

आजको कारोबार वृद्धि हुनुको मुख्य कारणमा अर्थमन्त्री रामेश्वर खनाल पुँजी बजारप्रति सकारात्मक देखिनु, गभर्नरसँग लगानीकर्ताको भेटघाट, सेयर बजार सुधार कार्यदल गठन गरिनु, अन्तिम १५ मिनेट कारोबार औसत स्थगित गरिनु आदि रहेको बताइएको छ ।

जेनजी आन्दोलनका कारण एक साताभन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको बजार १६० अंकले घटेको थियो । लगानीकर्ताको मनोबल बढ्दा बजारमा सकारात्मक प्रभाव परेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्