सुन र चाँदीको मूल्य हालसम्मकै उचाईमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,५ असोज । आईतबार, सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेर गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले पनि अहिलेसम्मको उचाईमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत भदौ ३१ गते कायम गरेको ऐतिहासिक उचाईमा सुनको मूल्य पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर रेकर्ड बनाएको छ । आज चाँदी तोलाको २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्