शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर नगराउन सरकारको आदेश
काठमाडौं,२ असोज । सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको छ ।
अर्थ मन्त्रालयको सचिवस्तरको निर्णयबाट बीमा प्राधिकरणलाई पत्र पठाउँदै ओझालाई अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिइएको हो । ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन सचिवस्तरको निर्णयबाट निर्देशन दिइएको छ, अर्थ मन्त्रालय स्रोतले भन्यो, मन्त्रालयले ओझालाई बहाली गर्ने आदेश भएको छैन । उनी के आधारमा हाजिर भएको हो, त्यो खुलेको छैन । अहिलेलाई ओझालाई बीमा प्राधिकरणमा हाजिर नगराउन निर्देशन भएको छ ।
सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित ओझा गत मंगलबार ९भदौ ३१ गते० कार्यालयमा हाजिर भएका थिए । साथैु उनी अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हाजिर समेत गरेका थिए ।
मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरु कार्यान्वयन नगरी यथाअवस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश दिएको थियो ।















प्रतिक्रिया दिनुहोस्