प्राइम बैंकले गर्यो २७ प्रतिशत बोनस प्रस्ताव

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाईबाट २७ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीलाई राष्ट्र बैंकले तोके अनुरुप ८ अर्ब पुग्नेगरी बोनस प्रस्ताव गरेको छ ।

बैंकले नगद लाभांश प्रस्ताव गरेको छैन । बिराटलक्ष्मी र कन्ट्री डेभलपमेण्ट बैंकलाई विलय गराएको बैंकले बोनस सेयरमा लाग्ने कर सेयरधनीको थाप्लामा राखिदिन लागेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्