सुन र चाँदीको मूल्य रकर्ड स्तरमा वृद्वि
काठमाडौं,३१ भदौ । मंगलबार सुन र चाँदीको मूल्यले रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतीतोला एक हजार ९०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको छापावाला सुन तोलाको दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि निरन्तर बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड बनाएको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीको यस्तो मूल्य २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया दिनुहोस्