३० प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौं, ३० भदौ । चालु आर्थिक वर्ष २०८२र८३ पहिलो महिना साउनमा साउनमा करिब ३० प्रतिशतले रेमिट्यान्स बढेको छ । त्यसैगरी ९५ प्रतिशतले निर्यात बढेको छ । साथै, आयात ११ प्रतिशतले मात्रै बढे पनि हुनाले शोधनान्तर स्थितिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मुलुकको शोधनान्तर स्थिति दोब्बरले बढेको छ ।

रेमिट्यान्स आप्रवाहसँगै निर्यातमा समेत सुधार आएपछि शोधनान्तर स्थितिमा उच्च सुधार देखिएको हो ।

 

साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव साउनमा ६४ करोडले बचतमा छ ।

चालु आव चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता चालु आव साउनमा ५६ करोडले बचतमा छ ।

चालु आव साउनसम्मको खुद पूँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ । गत आव सोही अवधिमा २२ करोड थियो ।

यसैगरी साउनमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० भित्रिएको छ । गत आव सोही अवधिमा ८० करोड बराबर थियो ।

 

प्रतिक्रिया दिनुहोस्