सुन चाँदीको मूल्य सामान्य बढ्यो, चाँदी पनि सामान्य बढेर रेकर्ड बनायो
काठमाडौं,३० भदौ । सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर मूल्यले नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भईरहेको छ ।















प्रतिक्रिया दिनुहोस्