साताको अन्तिम दिन १३०७.६६ विन्दुमा नेप्से
काठमाडौं । साताको अन्तिम दिन नेप्से १४ दशमलव ६१ अङ्कले घटेर बन्द भएको छ । कारोबार शुरु भएको १० मिनेट बढेको बजार त्यसपछि अन्त्यसम्म घटेर बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव १० प्रतिशतले घटेको छ भने बजार १ हजार ३ सय ७ दशमलव ६६ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स १ दशमलव शून्य ५ प्रतिशत घटेर २ सय ७५ दशमलव २८ अङ्क पुगेको छ ।
कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । बैङ्किङ, होटल, जलविद्युत्, बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घट्न पुगेपछि समग्र नेप्से परिसूचक घट्न पुगेको हो ।
कारोबार भएका १ सय ६५ कम्पनीको ४ हजार १ सय ५९ पटकको व्यापारमा ७ लाख ८ हजार १ सय ४७ कित्ता शेयरको रू। ३४ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ । यस दिन २८ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय १६ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, २१ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ प्रतिशतले बढेको छ भने मेगा बैङ्कको शेयर मूल्य ९ दशमलव ६४ प्रतिशतले घटेको छ ।















प्रतिक्रिया दिनुहोस्