माछापुच्छ्रे बैंकको सहकार्यमा जनचेतना मुुलक कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतना मुुलक कार्यक्रम आयोजना गरेको छ ।

बैंकले काठमाण्डौं स्थित भि. एस. निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकाशमा बाणिज्य बैंकको भुुमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको थियो ।

उक्त कार्यक्रमलाई अझ प्रभावकारी बनाउन हास्य कलाकार मनोज गजुुरेलको समेत उपस्थिति रहेको थियो । यस्ता जनचेतनामुुलक कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिईरहने समेत बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १०० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्