रेकर्ड मूल्यबाट सुन सामान्य घट्यो
काठमाडौ,२३ भदौ । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । पछिल्ला दिनहरुमा निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य, आज भने घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्