आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २५ सय रुपैयाँले बढ्यो
काठमाडौं,२० भदौ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो । प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।
त्यस्तै, सुक्रबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँमा कारोबार भएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।















प्रतिक्रिया दिनुहोस्