३८ क्वीन्टल सुन तस्करी काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका छन् ।

खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी गरेको थियो ।

तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएको चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्