युवा राष्ट्र निर्माणको मेरुदण्डः मन्त्री सुनार

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारको प्रमुख आतिथ्यमा ‘युवा लक्षित कार्यक्रम र भावी कार्यदिशा सम्बन्धमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुनारले युवा राष्ट्र निर्माणको मेरुदण्ड भएकोले युवालाई स्वरोजगार उद्यमशीलतातर्फ डोर्याउनु पर्ने बताए ।

मन्त्री सुनारले भने, ‘युवालाई उद्यमी बनाउने, विदेशिएका युवालाई स्वदेशमै रोजगारको सिर्जना गर्नेजस्ता कामको जिम्मेवारी सरकारले लिनुपर्दछ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी समिति अध्यक्ष माधवप्रसाद ढुंगेलले भने, “वैदेशिक रोजगारमा जाने गरेका युवालाई रोकेर स्वदेशमै उद्यम गर्ने वातावरण सिर्जना गर्न सके राष्ट्रको विकास स्वतः हुन्छ ।”

उक्त कार्यक्रममा कसरी युवा स्वरोजगार, कृषिमा आधुनिकीकरण र बजारीकरण, दिगो, छिटो र वातावरणमूखी विकास गर्नेजस्ता विभिन्न विषयमा अन्तरक्रिया भएको थियो ।

वर्तमान सरकार गठन भएको १०० दिनभित्र सम्पादन भएका प्रमुख कार्य सूचि सहित

१०० दिनभित्र सम्पादन भएका प्रमुख कार्य सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्