एनएमबि बैंक अर्को अवार्डबाट सम्मानित

काठमाडौ । एनएमबि बैंकले “Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्डबाट सम्मानित भएको छ । यो आठौं आईएफसी ट्रेड अवार्ड हो । नेपालमा यो अवार्ड प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो ।

ग्लोबल ट्रेड फाइनान्स प्रोगाम २०१७ मा बैकले गरेको सहकार्यका लागिRegional Financial Institutions Group, IFC sf Head – Asia & Pacific, Mr. Vittorio Di Bello ले एनएमबि बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल केसि लाई सो अवार्ड प्रदान गरेका छन् ।
IFC Trade Awards को प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्