सुन र चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१५ भदौ । आईतबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ४२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्