सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य भने घट्यो

काठमाडौं,११ भदौ । बुधबार बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिन सुनको मूल्य निरन्तर छ ।

त्यस्तै, पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेको चाँदीको मूल्य भने आज घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्