सुन चाँदी दुबै धातुको भाउ बढ्यो

काठमाडौं,१० भदौ । मंगलबार सुन चाँदी दुबै धातुको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको भाउ प्रतितोला  १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको  छ ।

त्यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँ कायम कारोबार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्