सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य पनि बढेर नयाँ रकर्ड

काठमाडौं,९ भदौ । सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदी हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको दुई हजार ३५५ करोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्