वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद आजबाट बिक्री खुला

काठमाडौं । वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद सेयर बुधबार (जेठ १६ गते) देखि बिक्री खुला भएको छ । माइक्रोफाइनान्सले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्रीमा ल्याएको हो । हकप्रदमा असार १९ गतेसम्म आवेदन दिन पाइनेछ । जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्