सुनको मूल्यमा गिरावट

काठमाडौं, ४ भदौ ।  बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै २२ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्