फर्स्ट माइक्रोफाइनान्सको २६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २६ हजार कित्ता सेयर लिलामी गर्ने भएको छ । माइक्रोफाइनान्सले जेठ २३ गतेदेखि सर्वसाधारण समूहको २६ हजार ८८४ कित्ता सेयर लिलामी गर्ने भएको छ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ३० गते तोकिएको छ । माइक्रोफाइनान्सले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५० प्रतिशत हकप्रद निष्कासन गर्दा नबिकेको सेयर अब लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्