नेपाल मुस्लिम संघले पूर्णता पायो, १६ जना सदस्यहरु मनोनित

काठमाडौं । नेपाल मुस्लिम संघले सचिव सहित १६ जना सदस्यहरुलाई मनोनित गरेको छ । संघको केन्द्रीय समितिलाई पूर्णता दिन र आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन पदाधिकारहरुको मनोनित गरेको हो ।

संघका अध्यक्ष अब्दुर सत्तारको अध्यक्षतामा मंगलबार बसेको बैठकले संघको विधान २०६५ को पहिलो शंसोधन तथा परिमार्जन २०६७ र दोस्रो संशोधन तथा परिमार्जन २०७५ को परिच्छेद ५ को धारा ३२ अनुसार अध्यक्षको मनोनित गर्र्ने अधिकार बमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारहरुको मनोनित गरेको संघले जनाएको छ । संघको सचिवमा इर्साद अन्सारी र १६ जना सदस्यहरुलाई मनोनित गरेको संघका अध्यक्ष अब्दुल सत्तारले जानकारी दिए ।

मनोनित सदस्यहरुमा क्रमशः हाजी इसराइल अन्सारी, मो. अख्तर अली, सादिक साफि, रजिया सुल्तान, साबिर हुसेन अन्सारी, मुख्तार अलि (गोकुल), मो.बसिर मियाँ, अब्दुल ठाफुर, जलिल मियाँ, मो.फिरोज आलम, सर्फुदिन मियाँ, अब्दुल हुसेन, रइस अहमद मनिहार, सेख मुनिर महम्मद, रफिक मियाँ र सफि महम्मद मियाँ रहेका छन् ।

त्यसैगरि संघले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमध्ये वरिष्ठ चार सल्लाहकारहरुमा पूर्व मन्त्री भिखारी मन्सुर, हाजी जाफरुदिन मियाँ, हाजी नसरुदीन मियाँ र हाजी नसिर सिद्धीकी चयन गरिएको छ । त्यस्तै तीन सल्लाहकारहरुमा हाजी नुरवक्स मियाँ, अब्दुल रहिम मियाँ र अहमद हुसेन चयन गरिएको छ ।

अध्यक्ष सत्तारले संघमा मनोनित सबै पदाकिारीहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । संघले आफ्ना हक अधिकारको लागि सरकारसंग विभिन्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्