स्वास्थ्यमा ५६ अर्ब ४१ करोड ९७ लाख बजेट

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ५६ अर्ब , ४१ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५र७६ बजेट पेश गर्ने क्रममा स्वास्थ्यमा सो बजेट छुट्याएका हुन्। यस्तै, अर्थमन्त्री डा  खतिवडाले पेस गरेको बजेटमावर्षभन्दा माथिका १ लाखसम्मको स्वास्थ्य विमा गरिने दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने समेत जनाइएको छ। यस्तै हरेक प्रदेशमा चिकित्सा शिक्षा अध्ययन संस्था स्थापना गर्ने काठमाडौं उपत्यकामा मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन्। यस्तै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरीको संख्या बढाउन सुत्केरीलाई दिँदै आएको यातायात खर्चलाई दोब्बर बृद्धि गरिने प्रत्येक स्थानीय तहमा स्वास्थ्य संस्था स्थपनाका लागि ४ अर्ब अनुदा दिने,वीर अस्पतालको गुरुयोजना अनुसार काम अगाडि बढाउदै लगिने बजेटमा समेटिएको छ। भने नेपाललाई ‍औषधीमा आत्मनिर्भर गराउदै लान विशेष सहयोग गरिने,१०० बेडभन्दा माथिका अस्पतालमा ज्‍येष्ठ नागरिक उपचार वार्ड, निजी मेडिकल कलेजले दुर्गम ठाउँ स्वास्थ्य शिविर लानै पर्ने व्यवस्था गरिने कुरा बजेटमा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्