सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं, २९ साउन। बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो ।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्