७ वटा सुरुङमार्ग बन्ने
काठमाडौं । सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । अर्थमन्त्रीले नागढुंगा–नौबिसे, काठमाडौंको टोखा–छहरे–गुर्ज–भञ्ज्याङ खण्डमा सुरुङमार्ग बनाउने बजेटमार्फत घोषणा गर्नुभएको हो ।
यस्तै बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा, थानकोट–चित्लाङ, कोटेश्वर जडिबुटी र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग बनाउने सरकारले घोषणा गरेको छ ।















प्रतिक्रिया दिनुहोस्