बजेटको आकार १३ खर्ब १५ अर्ब, प्रस्तुत बजेटमा के के समेटियो हेर्नुहोस् बुँदा सहित
काठमाडौं । आ.ब २०७५/७६को बजेट भाषण अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरिसक्नु भएको छ । बजेटको आकार १३ खर्ब १५ अर्ब रहेको छ ।
यस्ता बुँदाहरु समाबेश भएको छ ।
मानवीय विकास सूचकांक भन्दा कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजा
२ वर्षभरीमा साक्षर नेपाल घोषणा गरिने
स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड विनियोजन
सार्वजनिक सवारी साधनमा धुमपान निषेध
आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड
अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने
सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सकको सेवा अनिवार्य
सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर
स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने
२६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने । बाँकीलाई २ वर्षभित्र दिने,
इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने
२ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने
भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने
प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना
कृषि औजार कारखाना स्थापना गरिने
कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने
साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा
कृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने
सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइने















प्रतिक्रिया दिनुहोस्