सुनको मूल्य स्थिर, चाँदी भने सामान्य बढ्यो

काठमाडौं,२२ साउन । बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन यसै मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्