माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १७ साउन। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका कारण स्थायी समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्