आयल निगमले पेट्रोलको मूल्य घटाए भने डिजेल र मट्टीतेलको मूल्य बढाए
काठमाठडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहीबार राती १२ देखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्