सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ शुभकामना दिएका छन् ।
आज साउन १५ अर्थात खिर डे को अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यही सन्दर्भमा प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ १ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ।’
हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको पनि उनले उल्लेख गरेका छन् । साउन १५ मा नेपाली समाजमा खीर खाने चलन छ ।















प्रतिक्रिया दिनुहोस्