रुसको पूर्वी तटीय क्षेत्रमा गएको भूकम्प इतिहासकै ठूलो, अमेरिका र जापानका धेरै सहरमा सुनामी

काठमाडौं, १४ साउन। रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प हो ।

अमेरिकी हवाई विश्वविद्यालयका भूगर्भविज्ञ प्राध्यापक हेलन जेनिस्कीले रुसको आजको भूकम्प आजसम्म मापन भएकामध्ये इतिहासको सबैभन्दा भीषण भूकम्पमध्ये भनेकी छन् । उनका अनुसार यति ठूलो भूकम्प पृथ्वीमा विरलै मापन भएको छ ।

बीबीसीले अमेरिकी जीओलजिकल सर्भेलाई उद्धृत गर्दै ८।८ म्याग्निट्यूड भनेको इतिहासको छैटौँ ठूलो भूकम्प भनेको छ । सन् २०२० मा चिली र सन् १९०६ मा एमल्र्डस एक्वडोरमा यति नै रेक्टरको भूकम्प मापन भएको थियो ।

सन् १९५२ मा विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूडको ९।० भूकम्प पनि रुसमै गएको थियो । रुस भूकम्प लगत्तै अमेरिका र जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानमा सुनामीको लहर होक्काइडो प्राप्तमा पुगिसकेको छ ।

अमेरिकाको हवाई, सन फ्रान्सिस्को, अलास्का लगायतका सहरमा पनि उच्च सतर्कता जारी गरिएको छ । प्रशान्त क्षेत्रमा सुनामीको लहर १२ इन्च माथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्