नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विरुद्ध नेपाल भ्यालुयर्स एशोसिएसनको चरणवद्ध आन्दोलन
काठमाडौं, १४ साउन । सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको व्यवसायिक छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)को नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्धको आन्दोलित भएका छन् ।
आज बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै पन्ध्र इन्जिनियरिङ पेशासँग सम्बन्धित संघ÷संस्थाका अध्यक्षहरुले सम्पत्ति मुल्यांकन पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि विभिन्न जायज मागहरु राखेर एनभिएले साउन १२ गतेदेखि सुरु गरेको चरणबद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै बैंक बिरुद्धको आन्दोलित भएका हुन् ।
एनभिएले एनआइएमबी बैंकबिरुद्ध आफ्ना ६ बुंदे मागसहित पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
पहिलोे चरणमा साउन १२–२३ गते सम्म आन्दोलनका कार्यक्रम हुनेछन् । पहिलो दिन साउन १२ गतेदेखि अर्काे निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयमा सम्पूर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने, काम जुन अवस्थामा छ त्यही अवस्थामा पूर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ । सोही निर्देशनअनुसार उक्त बैंकका मुल्यांकन सम्बन्धि सम्पूर्ण काम ठप्प पारिएको छ ।
साउन १९–२० गते बैंकहरुले दिएको दुःख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने र पत्रकार सम्मेलन गर्ने कार्यक्रम सोच रहको सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, एनभिएले साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको आन्दोलनमा माग पुरा नभए कडा रुपमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने समेत एनभिएले बताएको छ ।
सम्पत्ति मुल्यांकन पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि एनभिएले विभिन्न जायज मागहरु अघि सारेको उनीहरुले बताएका छन् ।
सो संयुक्त विज्ञप्तीमा एनभिएका अध्यक्ष ई.संजयकुमार महतो, नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई.सुवास चन्द्र बराल,सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष ई.लक्ष्मण केसी, प्रोगेसिभ इन्जिनियर्स एशोसिएन नेपालका अध्यक्ष ई.डा।भेषराज थापा र नेपाल राष्ट्रिय इन्जिनियर संगठनका अध्यक्ष ई.विजय कुमार विष्टले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, समाजवादी इन्जिनियरिङ्ग एशोसिएन नेपालका अध्यक्ष ई. विरोध रिजाल, इन्जिनियर्स जनमत संघका उपाध्यक्ष ई.अजय शर्मा, डेमोक्रेटिक इन्जिनियर्स एलान्यसको अध्यक्ष ई.धु्रव थापा, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरिङ्ग नेपालको अध्यक्ष ई.डा.हरेराम श्रेष्ठ, स्ट्रक्टचरल इन्जिनियर्स एशोसिएसन नेपालका अध्यक्ष ई.कृष्णसिंह बस्नेत, नेपाल जिओम्याट्रिक्स इन्जिनियरिङ्ग सोसाइटीका अध्यक्ष ई.महेश थापा,सोसाइटी अफ मेकानिकल इन्जिनियर्स नेपालको अध्यक्ष ई. सत्य नारायण शाह,सोसाइटी अफ नेप्लीज आर्किटेक्टका अध्यक्ष ई.ईश्वरलाल जोशी र सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरका अध्यक्ष ई. ठाकुर प्रसाद शर्माले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
सो आन्दोलन पश्चाप पनि सरकोकारवालाहरुले माग सम्बोधन नगरे आन्दोलनलाई अझ ससक्त बनाउने चेतावनी एशोसिएसनले दिएको छ ।
















प्रतिक्रिया दिनुहोस्